Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा थप ८८ जना कोरोना संक्रमितको मृत्यु

Company Register

नेपालमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी थप ३६ जना मृतकको विवरण समेत गरी आज मात्रै ८८ जना मृतक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितले ज्यान गुमाएका हुन् भने अन्य ३६ जना मृतकको विवरण पनि २४ घण्टामै प्राप्त भएको हो । उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमा थप ३६ मृतकको विवरण प्राप्त भएको हो । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...