साहित्यपोस्टले आयोजना गरेको मुक्तक प्रतियोगितामा मुक्तक लेखनका लागि दिइएका विषयहरु र उक्त प्रतियोगितामा सर्वोत्कृष्ट तीनमा परि विजय हुन सफल भवानी तिमल्सिना न्यौपानेका मुक्तकहरु भिडियो सहित

नेपालको राजनीति
पहिले झै अहिले पनि छ जीवन जिउन कठिन खै के भनौँ
लोकतन्त्र गणतन्त्र आयो मात्र आएन सु-दिन खै के भनौँ
यहाँ भ्रष्टाचारी छुट्छ सन्त सुली चड्छ पहुँचको अभावमा
राजनीति फोहोरी खेल सम्झदा पनि लाग्छ घिन खै के भनौँ

नेपालका नेता
पद र कुर्सिकै लागि तछाड मछाड गरिरहन्छन्
रित्याएर देशको ढुकुटी विदेश तिरै चरिरहन्छन्
जनताको सेवामा समर्पित छु भन्ने हाम्रा नेताहरु
कहिले सुन त कहिले घुस काण्डमा परिरहन्छन्

नेपालका जनता
सहेर दु:ख पीडा अमिल्याउँदै मन खासमा बाँचिरहेछन्
देखेर जीवन जगतका उल्झन सन्त्रासमा बाँचिरहेछन्
गरेर अनेकन् जटिल परिस्थितिको सामना धैर्यताले
आउला भन्दै एक बिहानी नुतन विश्वासमा बाँचिरहेछन्

भिडियो हेर्नुहोस्