Coronavirus COVID-19

“आफ्नै खोजी” – सन्दिप दवाडी

[Ads]

Advertisement

“आफ्नै खोजी”

बर्षौ पहिले झै,
मुस्कानले सु-सज्जित ओठहरु माझ!
वसन्तमा पालुवा हाल्न
बाकी सपनाका बोटहरु माझ!
पहाडी अाँधि, हिमाली सिरेठो
मरुभूमिका तुफान,सामुन्द्रिक छालहरु माझ!
दैनिक सुकेर ओइलाउदै गएका
फक्रनु अगाबै निर्वासित भएका
कैयन रङ्गिन फुलहरु माझ!
मभित्रको “म” खोजिरहेछु!!

पिडाका ग्रन्थहरु माझ
खुशिका काव्य रचना गर्ने!
खाली,शून्य प्रान्तहरु माझ
पुर्णताका कृति रचना गर्ने!
बेतिथी,बिसङ्गतिहरुलाइ पाखा लगाइ
रिति-थितिका स्वर्णिम भाव छर्ने !
मुर्दारुपी जिवित भनिने
ईश्वरका मुर्तिहरु माझ!
सधै हासिरहने
सधै नाचिरहने
सधै बोलिरहने
सधै बाँचिरहने
मभित्रको “म”खोजिरहेछु!!

चिह्याउदै आशाका दैलोबाट!
साहस बटुल्दै प्रेरणाका थैलोबाट!
नियाल्दै भरोशाका बिन्दुहरु
एकिकृत गरि छरिएका
भोकाप्यासाहरुको शैलिबाट!
उठ्न खोज्ने अनगिन्ती सासहरु
फोहोर,डङ्गुरको मैलोबाट!
मभित्रको “म” खोजिरहेछु!!

ज्योती निभेका आँखाहरुबाट!
आज, भरे भन्दै कुरिरहेका
भोकरुपी कालका काखहरुबाट!
जिन्दगी वर्णन गर्ने साहसी हरफहरु
आफैभित्र टुक्रिदै जोडिएका
बिश्वासका गाताहरुबाट!
सधै उभिरहने
सधै हेरिरहने
सधै बोलिरहने
सधै बाँचिरहने
मभित्रको “म” खोजिरहेछु!!

लेखक: सन्दिप दवाडी

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...