प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा १२ मंसीर २०७७ शुक्रबारका दिन पाँच कविका १५ कविताको चौथो शृङ्खला सम्पन्न गरेको छ ।

संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा देशका विभिन्न जिल्लाका ५ जना कविले ३/३ वटाकविता प्रस्तुत गरेका थिए ।

जुम मिटिङमार्फत् भएको कार्यक्रममा रोल्पाका कवि दीप दर्पण, मकवानपुरे कवि मसान उपासक, इलामकी रीता पोखरेल, रौतहटका सञ्जय शाह मित्र र कास्कीबाट सरस्वती श्रेष्ठ सरुले ३/३ वटा कविता सुनाएका थिए ।

कार्यकममा गजल मञ्च मकवानपुरका अध्यक्ष एवम् समीक्षक देवराज तिवारीले बाचित कविताहरुमाथि समीक्षा गरेका थिए । संघका सचिव विशाल अधिकारीले सहजीकरण गरेको कार्यक्रममा प्रगतिशील लेखक संघका महासचिव समीर सिंह, पूर्व केन्द्रीय सदस्य निमेष निखिल, संघका पार्षद सुवास खनाल साहित्यकार हरिमाया भेट्वाल, दीपक विश्वकर्मा, देवकी तिमल्सिना, श्रीराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

पुरा भिडियो हेर्नुहोस

https://www.facebook.com/100003127866776/videos/3492058314241730/