
काठमाडौं – गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।
युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। निकाश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘नेपसिस्टर्स’ (Nepsisters) को अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।
तुंग नेपालले विगत लामो समयदेखि नेपाली भाषा , साहित्य र संगीतको जग्रेना गर्दै विदेशमा रहेको आजको नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा प्रशिक्षण प्रदान गर्दै आएका छन्। आगामी दिनहरुमा अझ स्तरिय सिर्जनाहरु प्रस्तुत गर्दै जाने तुंग नेपालले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




