काठमाडौं। रमण धिमाल र दिनेश ढकालको नयाँ गीत ‘दशैँ र तिहार’ सार्वजनिक भएको छ। R&G प्रोडक्सन र रमण धिमालको प्रस्तुतीमा तयार भएको यस भिडियोमा जुक्ति विक्रम शाहि, एन्जेल राई, श्रेया सिङ्ग शर्मा, सन्दीप बाबु लोहानी, शिबु पाण्डे, राजु भुजु, सबिता गुरुङ र समिता राईको विशेष सहभागिता रहेको छ।

गीत रमण धिमालले स्वर दिएका छन् भने संगीत र शब्द दिनेश ढकालले तयार पारेका हुन्। भिडियो निर्देशन सुरेन्द्र मल्ल ठकुरीले गरेका छन्। यसमा संगीत उत्पादन मनस्वी मलाकारले गरेका छन् भने रेकर्डिङ सुवास सिनचुरीले गरेका छन्।

भिडियो SM स्टुडियो, रेनोल्डसबर्ग, ओहायो, अमेरिकामा तयार भएको हो।

गीतको प्रोडक्सन म्यानेजर निर्मल न्यौपाने हुन् भने कोरियोग्राफी अबी वोग्लेले गरेका छन्। आर्ट डाइरेक्टर माणिक पाख्रिन हुन्। कलाकारहरूको पोशाक सम्झना बुढाथोकीले तयार पारेका हुन् भने मेकअप ज्योति केसीले गरेका छन्।

स्टिल फोटोग्राफर र BTS का लागि अंगराज बोहोरा (जोन एक्सेट्री) जिम्मेवार थिए। असिस्टेन्ट डाइरेक्टर निरपा मल्ल, DOP उत्सव दाहाल, एडिट र कलर बिकाश दाहालले गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू