नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

अनलाइन पत्र संवाददाता२०७६-११-२७ No Comments

काठमाडौं – नेपालीको प्रमुख रोजगारगन्तव्य मुलुक कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ।

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि भन्दै कतारले उक्त मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो।

आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚ इरान‚ लेबनान‚ चीन‚ इजिप्ट‚ इराक‚ बंगलादेश‚ पाकिस्तान‚ फिलिपिन्स‚ दक्षिण कोरिया‚ श्रीलंका‚ सिरिया र थाइल्याण्डका नागरिकमाथि रोक लगाएको जानकारी दिएको छ। 

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडान बन्द गरिसकेको छ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहानसम्म १५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये तीनजना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ।

Chat Icon
Ad
Ad