राष्ट्रिय जनगणनामा तीन हजार परिवार बढे

Company Register

काठमाडाैं – राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत जिल्लामा घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् ।

Advertisement

पहिलो चरणको प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

ya thau khali xa

विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो । उनले भने, ‘पहिलो चरणको प्रारम्भिक रिपोर्टअनुसार तीन हजार ८६७ परिवार थपिएका छन्, केही ठाउँको तथ्यांक अनलाइनमा समावेश गर्न बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्न सक्छ ।’

केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार संख्या पुग्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ ।

भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए ।

मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसंख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार संख्या पुगेको थियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...