Coronavirus COVID-19

आज विश्व बाघ दिवस

[Ads]

काठमाडौं – आज विश्व बाघ दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विभिन्न संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभागलगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउन लागेको हो ।

Advertisement

नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको छ । संरक्षण कार्यले व्यापकता पाएसँगै बाघको संख्या बढ्दै गएको अनुमान छ ।

दिवसका अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणकार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायत सरोकारवाला सङ्घसंस्थालो गरेको महत्वपूर्ण योगदानको प्रशंसा गर्नु भएको छ । शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न दिवसको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुसार नेपालमा पनि यो दिवस मनाउँदै आइएको छ ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...