आजको पञ्चाङ्ग

बि.सं. २०७७ साउन १४ गते बुधवार । इ.सं. 29 July 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० गुँलाथ्व । प्रमादीदक्षिणायनवर्षा ऋृतुश्रावण शुक्लपक्षतिथि दशमी , २६:१८ बजे उप्रान्त एकादशी। नक्षत्र विशाखा , १०:४५ बजे उप्रान्त अनुराधा। योग शुक्ल , १८:२२ बजे उप्रान्त ब्रह्म करण तैतिल १५:२२ बजेदेखि गर , २६:१८ बजे उप्रान्त वव। चन्द्रराशि वृश्चिक । आनन्दादी योग धाता। दिनमान ३३ घडी ३७ पला । सूर्योदय ०५:२६ बजे । सूर्यास्त बेलुका १८:५३ बजे ।

सर्वार्थसिद्धि योग १०:४५ बजेदेखि।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आस मारेको काम बन्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ काम सुरु गर्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज पारिवारिक जमघट र समर्थन पाईएला । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नो परिश्रमअनुसार उपलब्धिपनि राम्रै पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । – ज्यो.प. नारायणप्रसाद दुलाल