आजको पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर ३। मंगलबार। इ.स. २०१९ नोभेम्बर १९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। सप्तमी, १३:५२ उप्रान्त अष्टमी। नक्षत्र– अश्लेषा, २०:३० बजेउप्रान्त मघा। योग– ब्रह्म, २२:०३ बजेउप्रान्त ऐन्द्र। करण– वव, १३:५२ बजेदेखि वालव, २४:४९ बजेउप्रान्त कौलव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– कर्कट, २०:३० बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ० पला। अष्टमी व्रत। साँझमा भैरवोत्पत्ति। सर्वार्थसिद्धि योग २०:३० बजेसम्म।
राशिफल
मेष Aries
भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
तुला Libra
अरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।
वृष Taurus
ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।
वृश्चिक Scorpio
सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
मिथुन Gemini
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।
धनु Sagittarius
सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।
कर्कट Cancer
जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।
मकर Capricorn
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।
धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
सिंह Leo
धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।
कुम्भ Aquarius
नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।
कन्या Virgo
धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।
मीन Pisces
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।3
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




