मकवानपुरगढी गाँउपालिका वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलनै बिजयी भएको छ । मंगलबार सम्पन्न मत गणना अनुसार वडाध्यक्षमा नेकपा एमालेका अर्जुनप्रसाद तिमल्सिनाले ६ सय ३५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका देवनारायण लामिछानेले ४ सय ७० मत ल्याएका थिए भने माओवादी केन्द्रका हेमबहादुर योन्जनले ३ सय ९६ मत ल्याए थिए । वडामा मिमलसिनाको प्यानल नै विजयी भएको छ ।