Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एकै परिवारका कोरोना संक्रमित ३ जनाको मृत्यु

Company Register

तनहुँमा कोरोना संक्रमित एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमाद नगरपालिकामा कोरोनाबाट एकै परिवारका ३ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो । भीमाद नगरपालिका–६ का एक परिवारका ९८, ७५ र ७२ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको निर्देशनालयले जनाएको छ । बिरामी ९८ वर्षीय बाबुलाई चितवनबाट थप उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारका क्रममा बाबुलाई कोरोना पुष्टि भएपछि उनको स्यहारसुसारमा खटिएका दुई छोराहरुलाई पनि कोरोना देखिएको थियो ।

Advertisement

९८ वर्षीय ती वृद्धको असोज २५ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा, ७५ वर्षीय पुरुषको असोज २४ गते काठमाडौंस्थित बिएण्डबी अस्पतालमा र ७२ वर्षीय पुरुषको असोज १९ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...