Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भाषा शिक्षणमा प्रविधिको प्रयोग विषयक प्रशिक्षण सम्पन्न

Company Register

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर महिला विभागको आयोजनामा १ हप्ते शिक्षक प्रशिक्षणको पाँचौं दिन भाषा शिक्षणमा प्रविधिको प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ ।
। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति महासचिव हसं साहीको आतिथ्यता तथा संगठन राष्ट्रिय समिति कोषाध्यक्ष बिष्णु भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम शिक्षक संगठन भिमफेदी पालिका अध्यक्ष कृष्ण पोखरेलले सहजीकरण गर्नुभएको हो । पोखरेलले शिक्षक कक्षाकोठामा जाँदा स्रोतपूर्ण भएर जानुपर्ने उल्लेख गर्दै भाषाशिक्षणमा प्रभावकारी प्रविधि उपयोगको प्रयोगात्मक कक्षा सञ्चालन गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

Advertisement

मकवानपुर जिल्ला उपाध्यक्ष एवम् महिला बिभाग प्रमुख लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम लाइ संगठन जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रममा संगठन राष्ट्रिय समिति सदस्य सदस्य पद्मा पौडेलको, राष्ट्रीय परिषद् सदस्य रमेश लामिछाने, जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, सल्लाहकार लक्ष्मी चौलागाइ, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १५ गते लकडाउनमा सकरात्मक जीवनशैली विषयक प्रशिक्षण हुने संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले बताउनुभएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...