उ मेरो आघि र र म उस्को अघि हामी उभिएका छौ । आज हाम्रो जम्काभेट, मानौ इन्काउन्टर । हुन त कैयौ पटक हाम्रो भेट भईसकेको छ , तर पनि किन मलाई ! आजको भेट खास लागेको छ ।

उ अटल र अचल उभिएको छ । मेरो मनमा अनेकौ प्रश्ननहरु छन् । उसको अघि पोखनै पर्ने थुप्रै गुनासो र आक्रोसहरू अच्कलटिएका छन् त्यसै ।

मैले भर्खरै धार लाएर बाम्फोक् बोकेको छु, घामको प्रकासमा टल्कन्दै छ । भन्नै पर्दा, दाउरा काट्न निस्केको घरबाट । यसरी जम्का भेट हुँदा ,उसैलाई छिनाएर पोल्ने सुर चल्दैछ ।

उ मेरो अघि मुस्कुराई रहेछ मात्र ।

“धोकेबाज हौ तिमी ” एकाएक मेरो क्रोध प्रस्फूिििठत भई निस्कन्छ ।

“मलाई ,हामीलाई ,सबैलाई धोका दिएको छौ तिमीले ! हाम्रो विश्वासलाई घात गरेका छौ !”
म अझै आक्रोस पोख्छु ,उसको अघि ।

जस्ताको त्यस्तै उसको मुस्कान । हरियालिव्याप्त । फरक पाउदीन त्यो मुहारमा ।

“नपत्याको ? अन्डरस्टिमेट् गरेको मलाई ?”
तत्कालै ,बाम्फोक उठाउँछु ,उसको अघि तेर्साउँछु ,हुन त काटिहाल्ने ध्येय त छैन ,तरै पनि त्यसै डर देखाउन ,मात्रै अभिनय गर्छु ।

टन्टालापुर घाममा ,अना़यसै समीरको तीब्र झोंका सँगै हल्का स्पर्ष उसको ।

” के गर्दै छौ हिंजाज ? अरू गाउँलेहरू नि ?”
मेरो कुराको किञ्चित असर नपरेको देख्छु । निडर ,निश्चिन्त उल्टै प्रश्न तेर्साउँछ उ ।

निशब्द : मुर्तीवत् उभिरहन्छु ।

नचाहँदा ,चाहँदै पनि आफ्नो मुख खोल्छु –

“तिमी नहुँदा म ,हामी सबै गाउँले भोकै मर्छ भनेर सोंचेको थियौ भने, तिमी ठूलो भूल भ्रान्तिमा थियौ | तिमी गए देखि नै मैले सानो भए पनि बिजनेसको शुरूआत गरे, परिश्रमले नै सक्सेसफूल बिजनेसमेन बने आजका युवाहरूको निम्ति ,म बिजनेस ताइकोन्ड हुँ , म ब्राण्ड हुँ ।गाउँलेहरू पनि कोही कम छैनन् ,कसैले पिगेरी फार्म , कसैले फिसेरी ,कसैले डेरी फार्म खोलेर लाखौंमा खेल्छन् | कोही सरकारबाट कर्जा लिइ होमस्टे बनाएर चलाउँदै छन् ,सायद तिमी भएको भएँ हामी जहींको तहीं हुने थियौं |”

उ एउटा अदभूत मुस्कान ,मुस्कायो छल विनाको पवित्र मुस्कान | जसरी बिहानै सारा जगतको लागि सूर्य निस्वार्थ मुस्कुराउछ |

पून :हल्का स्पर्ष गर्दै उ बोल्यो –

” दादट्स द पोइन्ट ! आइ मिन् सेल्फ डिपेन्डेट् ,सेल्फइम्पोय , म पनि यही चाहन्थे | आत्मनिर्भर , स्वनिर्भर बनेको देख्न चाहन्थे |लु भन तिमी आफै ! म तिमीहरूको साथ हुँदा कसरी जिउँथ्यौ ? तिमी अनि गाउँलेहरू ? त्यो समय ,म माथि नै निर्भर थियौ तिमीहरू |,अत्यन्तै अल्छे र विलासी बन्दै थियौ ,म चिन्तित् थिए ! ,तिमीहरूले आफ्नो शरीरमा अनगिन्ती रोग निम्त्याउदै थियौ | न त केही काम गर्थ्यौं नत पसिना बगाउँथ्यौ ! दिनोदिन तिमीहरू कामचोर बन्दै थियौ | त्यही कारण मैले तिमीहरूको साथ छोडन पर्यो |”

उसको कुरा सुने पछि विगत चियाउँछु म | सत्य ओकलेको थियो उसले | हाम्रो भूल प्रष्टै दर्शाएको थियो उसले |
आत्मग्लानीले छिया छिया बन्छु म |
केही साम्य बन्दै सोध्छु – ” फर्केर आउँदैनौ ? मेरो लागि नभए पनि अरूको निम्ति त आउन ! प्लिज ! |”
स्मीत मुस्कान उसको |
“अवश्यै आउनेछु तर तिमी पहिला उद्यमि बन्नु पर्यो ” |

“ओके ! डन |”

भोलिपल्ट बिहान ,घरकाहरू उठ्दा |

म सुन्तलाको फेदमा मल गाड़दै छु | शरीरबाट बलिन्द्रधारा पसिना चुहँदै छ , शरीरबाट अमिलो गन्ध नाकको प्वालमा थुरिन्दै छ |

सोंच्दैछु उ फर्केर आए पछि ब्रान्डेड पर्फ्यूम किन्नेछु |

अर्जुन दवाडी |