काठमाडाैं –  नेपालमा आज  थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८ सय ८६ पुगेको छ। नेपालमा एकैपटक यतिधेरै संख्यामा  कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियममित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले   देशका विभिन्न जिल्लामा गरी १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए।

मन्त्रालयका अनुसार बुधबार रौतहटमा ३५, बागलुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रुकुमपूर्वमा ३ जनामा स्ंक्रमण पुष्टि भएको हो।

कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १ सय ८३ जना उपचारपछि निको भएका छन्। म‌ंगलबार राती नारायणी कोभिड अस्थायी अस्पतालबाट २१, बुधबार कोशी अस्पतालबाट ४ र भेरीस्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट ३ जना डिस्चार्ज भएपछि निको हुनेको संख्या १ सय ८३ पुगेको हो।

संक्रमित मध्ये ७ सय ९६ जना पुरूष रहेका छन् भने ९० जना महिला रहेका छन्। मन्त्रालयका अनुसार हालसम्म जम्मा ४७ जिल्लामा सङ्क्रमण फैलिएको छ ।

https://www.facebook.com/mohpnep/videos/246917413402978/?t=0