कोरोना र अनुत्तरित प्रश्नहरु

Company Register
एक गाउँको एक परिवारमा कोरोना पोजिटिभ संक्रमित ब्यक्ति भेटिन्छन् । गाउँका घरको कुरा न हो, कृषि पेशा, गाईभैँसी , खसी बाख्रा पालिएको हुन्छ। तिनीहरुलाई स्याहार गर्नुपर्यो। खान दिनु पर्यो। फेरि हामी मानिसको जस्तो घर भित्रै पनि त हुन्न उनिहरुको खानेकुरा 🤔🤔। घाँस काट्न खेतितिर जानैपर्यो।यतिबेला के त्यो संक्रमित आइसोलेसनमा बस्न सम्भव छ। सम्भव त होला तर बस्दैनन् किनकी उनको मनले पटक्कै मान्दैन।सधैं आफैं दूध दुहुने, सधै आफैं खोलेपानी गर्ने, सधैं आफैंले घाँस काटेर ल्याउनुपर्ने ब्यक्तिले 14/15 दिन सम्म एकान्तबास बस्ने सम्भव नै देखिन्न।

Advertisement

त्यही भएर पोजिटिभ देखिएर के भो त एकदुइ दिन साह्रो पार्दा त बसेकै थिएँ नि अब कहाँ बसिराख्नु भन्दै परिवारमा सबै तिर घुलमिल हुन थाल्छन्। यसको परिणाम के होला? चिन्ता लागि रहन्छ। सुनेको थिएँ कोरोना संक्रमितको गेट भित्र कोहि पस्दैनन् बाहिरै बाट खानेकुरा गेट्मा राखिदिएर जान्छ्न् भन्ने तर गाउँमा न त गेट् न त मानिसको भित्र बस्ने बानी , न त सेनिटाइजर न त साबुन पानी । खुला सिमाना , जतिबेलापनी आवतजावत गर्न मिल्ने।आखिर कोरोना के हो के? आश्चार्य लाग्छ । कहिले सँगै उठ्बस् गर्ने परिवारका सदस्य मध्ये एकजनालाई हुँदा अरुलाई नहुने त कहिले हावाबाट पनि सर्ने रे।गाउँमा भन्दा शहरमा सजक हुने मान्छे त्यही पनि सहर मै बढी सर्ने रे। लकडाउन गरेकोछ सरकारले तर बेलुका ५ बजेदेखी बिहान ५ बजे सम्म हिंड्न मिल्ने रे।
ya thau khali xa
सबै अफिसहरु प्राय: बन्द छन तर निर्माणका काम खुल्ला रे।उफ! ती निर्माणमा काम गर्ने र गराउने चैं कुन लोकका मान्छे होलान्? तिनलाई कत्ती पनि तनाब हुन्न होला है?अनि तिनका परिवारलाई झन कत्ती तनाब! तनाब ले नै धेरैको आत्मबल कमजोर भैरहेछ सायद! यत्तिकैमा अर्को प्रसङ्ग मेरो मानसपटलमा आउँछ।एक कोरोना संक्रमित साथीलाई फोन गर्छु । के छ, कस्तो छ बुझ्छु।सबै ठिकै छ तर केही कुराको अभाव महसुस भएको कुरा सुनाउँछ साथिले।भन्छ, यो बेला छाती अलि दुखेको महसुस भैरको छ ।मैले भन्छु, एक्स रे गर्नुपर्छ उ भन्छ ”तर कहाँ गर्ने ? नजिकैको अस्पतालमा सेवा छ तर सुबिधा छैन, 40 कि मि टाढा पुग्नुपर्छ तरपनी तुरुन्त हुने सम्भावना कम छ। घरका अरु पनि बिरामी , पोषिलो खानेकुरा ल्याउन पनि फलफूल पसल बन्द, टाढा गएर लिएर आउँ सबैतिर बन्द।पैसा अलिअली हुनेलाइ त यो दशा छ मज्दुरी गरेर खानेलाई यो रोग लागे त बच्ने उपाय नै नहुने जस्तो।”म अंँ , हो नि , भन्दै सुनिरहन्छु। के समस्या छ भन म सहयोग गर्छु ,मनमनमा मात्र सोच्छु तर बाहिर भन्न सक्दिन किन कि म मा पनि डर छ।
यतिकैमा अर्को प्रसङ्ग सम्झिन्छु, सामाजिक संजालमा धेरै साथीभाइ , इष्ट्मित्र ,आफन्त गुमाएको सामाचारमा हार्दिक श्रद्धाञ्जली र समवेदना लेख्दा लेख्दा हात कापेको अनि मन बिछिप्त भएको। धेरै साथिहरु संक्रमित भएर स्वास्थ्य लाभको कामना गरेर पोस्ट गरेको हुन्छ। स्वास्थ्य लाभको कामनाले त के नै होला र तरपनी पिडितको मन मा केही हौसला भरिएर पीडा कम होला कि भन्ने महसुस गर्छु।देखे र चिने सम्म सबैलाई केही नहोस् भन्ने कामना गर्छु अनि सबैको मा शिघ्र स्वास्थ्य लाभको कामना गर्छु।आखिर मेरो पनि त खासै काम छैन नि यो लकडाउनमा।यहि प्रसङ्गमा मेरो एकजना आदरणीय ब्यक्तिलाई कोरोना संक्रमण भएको खबरले दुखित हुन्छु अनि कल गर्छु कल उठ्दैन। कल उठेन भनेर गुनासो गर्दिन किनकी सोच्छु उहाँको मेरो जस्तै धेरैको कल आएको हुनसक्छ त्यसैले तनाबमा हुनुन्छ होला! फेरि मन मान्दैन।फेसबुकमा हेर्छु।केही साथिहरुले पोस्ट राखेका रहेछन्। म पनि आफुलाई संस्थागत रुपमा उहाँको स्वास्थ्य लाभको कामना गर्ने अनुमती माग्न चाहन्थें तर अरुले राखेको देखेर म पनि पोस्ट गर्न पुग्छु। धेरै आदरणीय ब्यक्तित्वहरुले उहाँको स्वास्थ्य लाभको कामना गर्नुहुन्छ ।तर मेरो मेसेन्जरमा अर्को एकजना आदरणीयको मेसेज आउँछ कि बिज्ञापन गर्नु जरुरी छैन, किन पोस्ट गर्नुभयो भनेर।
म झसङ्ग हुन्छु। यत्तिका मान्छेहरुले पोस्ट गरेको देख्थें के उनिहरुलाई पनि यस्तो मेसेज आयो होला त? अनि म एकछिन सोच्छु कतै उहाँ संक्रमितलाई पनि यस्तै भावना भएको भए त म बेठिक हुन्छु । त्यसैले हत्तपत्त पोस्ट डिलिट गर्न पुग्छु।अनि यो बिचमा अनेकन प्रश्न आउँछन ममा।यो थाहा हुँदा राम्रो कि थाहा नहुँदा राम्रो? यस्ले संक्रमितलाई आत्मबल बढाउँछ कि झन दुखित बनाउँछ? कसरी यो रोगको निराकरण गर्न सकिन्छ? कहिले सम्म यस्ले हामीलाई सताइरहन्छ? हाम्रा बिद्यालयहरुमा कहिले सहज वातावरण बन्छ? बालबालिकाहरु के गरेर बसेका होलान्?यो रोगको तनाबबाट सधैंका लागि कहिले मुक्ती मिल्ला? मेरा अनुत्तरित प्रश्नहरु कहिले सम्म रहिरहलान्?हुँदाहुँदै तेस्रो भेरियन्ट पनि भित्रीयो रे मन भारी भै रहन्छ। अन्त्यमा घर मा बसौं , सुरक्षित रहौं।स्वास्थ्य मापदण्ड सबैले पालना गरौँ।🙏🙏
• शकुन्तला गुरागाईं कोइराला ,
     बराह क्षेत्र, इटहरी
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...