तेजपत्तालाइ प्राय मानिसहरुले भान्साघरमा खानाको स्वाद र सुगन्द बढाउनको लागी प्रयोग गर्दै आएको पाइन्छ । यो एउटा सदाबहार रुख हो जसको पातलाई तेजपत्ता र बोक्रालाई दालचिनी भनिन्छ । स्वास्थका हिसाबले पनि यो धेरै लाभदायक छ ।

यदि तपाइँको अनुहारमा काला दागहरु बसेको छ भने त्यसलाई हटाउनको लागि तेजपत्ताको पातलाई पानीमा उमलेर अनुहार धुने गर्नाले अनुहार सफा हुनुका साथै दागहरु हटाउनमा मद्दत गर्छ ।

तेजपत्ताको पानीले अनुहार तथा त्वचालाई घामबाट बचाउनुका साथै त्वचाको रंगलाई समान बनाउन मद्दत गर्छ ।

त्यसैगरी तेजपत्ताको पानीले कपाल धुने गर्नाले कपाल नरम, मुलायम र चमकदार देखिन्छ ।

तेजपत्ताको पातलाई लेप बनाएर दहीम मिलाई त्वचामा लगाउनाले त्वचा सफा हुनुका साथै त्वचामा पोषण प्राप्त हुन्छ ।

तेजपत्ताको पातलाई घाममा सुकाएर धूलो बानाई त्यसले दाँत सफा गर्नाले दाँत मजबुत हुनुका साथै चम्किलो देखिन्छ ।