यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु

एजेन्सी – श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पनि पर्दैन । श्वासप्रश्वास मानव शरिरको अनियन्त्रित र स्वचालित प्रक्रिया हो ।

Advertisement
तर राम्रोसँग समय मिलाएर श्वास लिएमा यसले स्वस्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहानी पख ५ मिनेट लामो श्वास लिने र छाड्ने गर्दा पुग्ने फाइदाहरु यस्ता छन्…
मस्तिष्क शान्त बनाउँछ – अत्याधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरीरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।
शरिरको बिष फालिदिन्छ – श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।
तनाबमुक्त बनाउँछ – गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।
अन्य अंगलाई पनि सहयोग – गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ ।