हेटौंडामा रहेको मामाघर नेपाल मकवानपुरलाई हेटौंडा ८ निवासी किशन बास्तोलाले आमा पद्मावती बास्तोलाको १३ औँ दिनको तिथिमा सहयोग गरेका छन् । हेटौंडामा रहेर अनाथ असहाय सडक बालबालिकाको लागी काम गरिरहेको मामाघर नेपालको कार्यबारे धेरै ठाँउमा प्रसंसा सुनेको र आफुले पनि आमाको सम्झनामा सहयोग गरेको बास्तोलाले बताए । उनले आफ्नो आमाको सम्झनामा मामाघर नेपाललाई नगद १० हजार रुपैया र एक हप्तालाई पुग्ने दिउसोको खाजाको लागि खाद्यान्न सहयोग गरेका हुन् ।