Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयोग

Company Register

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छ ।  शनिबार नेकपा मकवमापुर इन्चार्ज इन्द्रबहादुर परियार नयन, जिल्ला सेक्रेटरी राम घलान वाटरलगायतले महासंघ अध्यक्ष मणिराज गौतमलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

Advertisement

नेकपाले मकवानपुरका पत्रकारहरुको लागि एक हजार पाँच सय थान मेडिकल मास्क, १० लिटर सेनिटाइजर, ग्लोब्सलगायतका सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नेकपा इन्चार्ज नयनले अग्रपंतिमा रहेर काम गर्ने पत्रकारहरु पनि कोरोनाको जोखिममा रहेको भन्दै आफूहरुले स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गरेको बताए । जनता कोरोना महामारीले आक्रान्त बनिरहेको बेला सरकार गैरजिम्मेवार भएको आरोप लगाए । राज्यबाट भइरहेको भ्रष्टाचार अनियमितताप्रति कलम चलिरहँदा प्रेसमाथि पनि हस्तक्षेप गर्ने काम हुने गरेको भन्दै सत्य र न्यायको पक्षमा सधैं कलम चलाइरहन उनले पत्रकारहरुलाई आग्रह गरे ।

कार्यकममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खडका, मकवानपुर सहसचिव एमपी शर्मा, कोषाध्यक्ष केशव समर्पण, नेकपा सेक्रेटरी राम घलान वाटर, नेकपा नेताहरु विक्रम मगर, श्याम सेन्चुरी, सुमन लामा, रविन्द्र देउलालगायतको सहभागिता रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...