हेटौंडा – कोरोना संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ।  आज राति १२ बजेदेखि लागू हुनेगरी हेटौंडा उपमहानगरपालिकाको सबै क्षेत्र र मनहरी गाउँपालिकाको महेन्द्र राजमार्ग आसपासका क्षेत्रमा निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए। उनका अनुसार निषेधाज्ञा साउन मसान्त राति १२ बजेसम्म कायम रहनेछ।

सूचना हेर्नुहोस्