काठमाडौं- नेपालका लागि युरोपेली कार ब्राण्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं-तिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ।

ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

‘अब ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरी मात्र नौ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनुहुनेछ। नेपाली बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लूले यो दसैं योजना ल्याएको हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ। र्‍यापिड र क्यारोकमा पनि एमएडब्लूले विशेष योजना ल्याएको छ। ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसरिज, एक वर्षको नि:शुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने कम्पनीको भनाइ छ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ। ‘विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इञ्‍जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो,’ विज्ञप्तिमा उल्लेख छ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कार पारखीमाझ स्थापित भइसकेको कम्पनीको भनाइ छ।