Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सेयर बजार भनेको के हो, सेयरबाट कसरी पैसा कमाउने ?

Company Register

हेटौंडा – पछिल्लो सयम नेपालकोे सेयर बजारमा नयाँ लगानी कर्ता धेरै थपिएका छन् । सेयर बजारमा भित्रिएका धेरैले त सेयर बजार के हो पनि बुझेका छैन्न ।

Advertisement

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आइपीओ आएपछि नेपालको सेयर बजारमा चर्चा धेरै भएको हो । गाउँ गाउँका मान्छेले पनि सेयर बजारको बारेमा बुझ्न थालेका छन् ।

अहिले आइपीओ भर्र्ने डिम्याट खाता नै करिब २४ लाख पुगेको छ । आइपीओ भर्नका लागि डिम्याट खात चाहिन्छ ।

सेयर के हो ?

कुनै ठूलो कम्पनी संञ्चालन गर्नको लागि सानो पुँजीले पुग्दैन । चलिरहेको कम्पनीलाई क्षमताबृद्धि गर्न पैसा पर्याप्त नहुन पनि सक्छ । कम्पनीको पुँजीको विभाजित इकाइको बनाईने प्रमाण नै सेयर प्रमाण हो । सेयरलाई नेपालीमा धितोपत्र पनि भनिन्छ ।

कम्पनीले जारी गरेको आइपीओ वा दोस्रो बजारबाट किनेको पैसा किन्ने र बेच्ने प्रक्रिया नै सेयर बजार हो ।

साधारण सेयर (आईपीओ) भनेको के हो ?

सर्वसाधरणबाट पैसा संकलन गर्न पहिलोपटक जारी गरिने प्राथमिक सेयर साधारण सेयर हो । पहिलोपटक सार्वजनिक गरिने सेयर साधारण सेयर हो भने त्यसपछि कारोबार हुने सेयर दोस्रो बजारको सेयर हो ।

सेयर बजारबाट कसरी पैसा कमाउने ?

सेयर बजारमा पैसा कमाउन बजारमा हल्ला भए जस्तो सजिलो छैन । आइपीओ भर्दा भने लगानी गरेको ३ गुणासम्म वृद्धि हुने गरको छ । खुलेको सबै कम्पनीको आइपीओ भर्दा आइपीओ पर्यो भने केही मात्रामा पैसा कमाइन्छ ।

दोसो बजारमा भने आफुले लगानी गर्ने कम्पनी कस्तो छ भनेर अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ । राम्रो कम्पनीमा आफ्नो लगानी परेन भने घाटा पनि हुनसक्छ ।

 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...