Comments Add Comment

भारतविरुद्ध नेविसंघको हेटौँडामा विरोध र्याली

भारतविरुद्ध नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौँडामा विरोध प्रर्दशन गरेको छ । नेपाली भु–भाग भारततर्फ पारी नयाँ नक्सा जारी गरेको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले सोमबार विरोध प्रर्दशन गरेको हो ।


मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र बन विज्ञान अध्ययन संस्थानबाट विद्यार्थीहरुले भारतविरुद्ध नारावाजी गर्दै र्याली निकालेका थिए । विद्यार्थीहरुले लिपुलेक नेपालको भएको भन्दै नयाँ नक्सा परिवर्तन गर्न भारतसंग माग गरेका थिए । 


उनीहरुले भारतीय अतिक्रमण अन्त्य हुनुपर्ने, भारतीय विस्तारबाट मुर्दावाद, सरकारले तत्काल भारतसंग वार्ता गर्नुपर्ने, गो व्याक इण्डिया लगायतका नारा लगाएका थिए । र्याली बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर