2025-12-10 2:19 am

मकवानपुरगढी ५ का वडाध्यक्ष दाहाल बस्ती संरक्षणमा लागिए,सामरीखोलामा तटबन्ध लगाएर बाइपास सडक निर्माण सुरु

देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको केही दिन मात्र भयो । जनताले चुनेका नवजनप्रतिनिधिहरु आफ्नो काममा खटिरहेका छन् भने केही जनप्रतिनिधि सम्मान लिन व्यस्त छन् । यसैबीचमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दीपेश दाहालले वडाको बस्ती संरक्षण तर्फ लागि परेका छन् । वडाको छेउमा सामरीखोला रहेकोले उक्त खोलामा तटबन्ध लगाएर बाईपास सडक निर्माण सुरु गरिएको छ ।

५ नंम्बर वडाको भालुखोला , धादिङ देखि कालिवन सम्म बाईपास बाटो तथा करिडोर निर्माण सुरु गरेको अध्यक्ष दाहालले बताए । स्थानीय क्रसर उद्योगहरुको सहयोगमा बाईपास सडक निर्माण सुरु गरिएको उनले बताए । अहिले तत्काल स्थानीय क्रसर उद्योगहरुको सहयोगमा जति सक्छ त्यति काम गर्ने र बाँकी गाउँपालिकाको आगामी बजेट विनियोजन गरेर थप काम गर्ने उनले बताए । नदीजन्य पदार्थ तथा गिट्टी,बालुवा र ढुङ्गा बोक्ने ट्याक्टर, टिफर बस्तीबीचको सडकबाट सञ्चालन रोक लगाएर बाइपास सडक निर्माण तिब्र गतिमा काम गरिहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad