2025-12-07 9:49 am

नविन पौडेल र मेलिना राईको ‘मन परेरै हो’ गीत सार्वजनिक

लोक गायक नविन पौडेल र मेलिना राईको स्वर रहेको ‘मन परेरै हो’ बोलको गीत सार्वजनिक भएको छ।

दिग्गज धौरालीको शब्द रहेको गीतमा गायक नविन पौडेलले नै संगीत भरेका छन् भने कृष्ण विकको एरेन्ज रहेको छ। गीतको भिडिओमा दिनेश पौडेल, विवेक खड्का, सविना गुरुङ, सरु राई, रचना दर्नाल, सोनी विक र नवराज मगर फिचर्ड छन्।

गीतको भिडिओलाई विवेक खड्काले सम्पादन तथा निर्देशन गरेका हुन्।

गायक नविनले ‘लेउ खुकुरी लेउ’, ‘के सम्झनु छ र जान्न म त त्यो घर’, ‘फूलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’ लगायत गीतमा स्वर दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad