2025-11-07 3:37 am

हराइरहेका विमान दुर्घटनाग्रस्त अवस्थामा भेटियो

आइतबार पोखराबाट उडेको तारा एयरको विमान दुर्घटनाग्रस्था अवस्थामा भेटिएको छ । हराइरहेको ताराको ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्‍न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घटनास्थल फेला पारेका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्‍न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली परिचालित भएका थिए ।

About the Author

Ad
Ad