यही शुक्रबार अर्थात बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । अहिले देशभर राजनितक दलहरु र स्वतन्त्र रुपमा उम्मेदवार दिएका उम्मेदवारीहरु घोषणपत्रसँगै जनताको घरघरमा पुगेर भोट माग्न व्यस्त छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै सरकारी सेवा सुविधा लिने कर्मचरीहरु समेत राजनितिक दलको प्रचारप्रसारमा हिडेको पाइन्छ ।

यस्तै मकवानपुरमा आचारसंहिता उल्लङ्घन गर्नेहरु बढ्दो रुपमा  देखिन्छन । मकवानपुरमा आइतबारसम्म आचारसंहिता उल्लङ्घन गरेको भनि ३३ ओटा उजुरी परेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरमा दिनकै ४–५ ओटा उजुरी पर्ने गरेको छ । आचारसंहिता उल्लङ्घन गर्नेलाई सम्बन्धित निकायले भन्दा पनि सञ्चारकर्मीहरुले सहयोग पु¥याइएको क्षेष्ठले बताउनु भयो । पछिल्लो समय यस विषयमा सञ्चारकर्मीको ठुलो भुमिका रहेको उहाँले बताउनु भयो ।