हेटौंडा – हेटौंडा भएर काठमाडौं जाने छोटो दुरीको रुपमा रहेको कुलेखानी-फाखेल सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ।
असोज ३ गतेबाट ११ गते सम्म फाखेल हुमाने सडक खण्ड पुर्ण रुपमा बन्द हुने भएको हो । साउन, भदौमा गरेको पहिरोले सडक खण्डमा भत्काएपछि मर्मत सम्भारका लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चाडवाड लागैसंगै सडकमा सवारी चाप बढने र त्यसको संभावनालाई मध्येनजर गरी सडकमा भएको पहिरो पन्छाउनु पर्ने भएकाले सडक खण्ड एक हप्ताका लागि बन्द हुने भएको छ ।
सडक खण्ड बन्द भएसँगै उक्त मार्ग भएर काठमाडौं जाने सवारीले बैकल्पिक बाटो भएर काठमाडौं जानु पर्ने छ। मर्मतका लागि केही दिन बन्द भएको हेटौँडा–सिस्नेरी–दक्षिणकाली सडक भने सुचारु भएको छ ।