
हिमायन टिभिबाट प्रशारण हुने र यामाहाको मुख्य प्रयोजन रहेको हिमालयन रोडिज सिजन ३ को प्रि अडिसन हेटौंडाबाट सुरु भएको छ ।
बुधबारबाट हेटौंडामा अडिसन लिएसँगै देशका अन्य ठाउँहरुमा समेत अडिसन हुने बताइएको छ । हेटौंडाको यामाहाको सोरुममा दिया मास्केले अडिसन लिएकी हुन् । बुधबार हेटौंडामा भएको अडिसनमा ५५ जना सहभागि रहेका थिए जसमा २५ जना भदौ ३१ गते चितवनमा हुने अघिल्लो चरणको अडिसनको लागि छनोट भएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताए ।
बाइक राइडर मात्र नभई राइडर्समा हुनुपर्ने एटिच्युट, सहन सक्ने क्षमता आदिको आधारमा अघिल्लो राउण्डमा जाने निर्णायक मास्केले बताइन् । उनले भनिन् ‘पहिलो चरणमा सामुहिक छलफल हुन्छ, त्यसपछि प्रतिस्पर्धीबीच प्रतिस्पर्धा गराएर अघिल्लो राउण्डमा गइन्छ ।’ सकेसम्म देशका सबै ठाउँमा गएर अडिसन लिने उनले बताईन् । रोडिजको पहिलो सिजनका विजेता समन श्रेष्ठ र दोस्रो सिजनका विजेता आयुष श्रेष्ठ रहेका थिए ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






