मकवानपुरको भिमफेदी गाउँपालिकामा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु भएको छ । भिमफेदी–६ पारिबजार बस्ने ६२ वर्षीय कृष्ण बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार दिउँसो घर नजिकैको कापडाँडास्थित जंगलमा गोरु चराउन जादा स्याङतानलाई कालो अरिङ्गालले टोक्दा घाइते भएका थिए । उपचारका लागि स्याङतानलाई अस्पताल ल्याइएको भए पनि हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि भरतपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए ।