Comments Add Comment

आज २०७६ पुस ४ गते शुक्रबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ पुस ४। शुक्रबार। इ.स. २०१९ डिसेम्बर २०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। नवमी, १९:४८ उप्रान्त दशमी। नक्षत्र– हस्त, २२:१३ बजेउप्रान्त चित्रा। योग– सौभाग्य, १५:५७ बजेउप्रान्त शोभन। करण– तैतिल, ८:५८ बजेदेखि गर, १९:४८ बजेपछि वणिज, ३०:४० बजेउप्रान्त भद्रा। आनन्दादिमा अमृत योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ० पला।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवनपनि सफल रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपनापनि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साहा छाउनेछ । शिक्षामा सफलता पाईनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर