सरकारले आजबाट देशैभर कोरोना विरुद्ध खोप लगाईने भएको छ । सरकारले आजबाट सुरु गर्ने खोप अभियान अन्तर्गत प्रदेशको राजधानी हेटौंडामा पनि खोप आइपुगेको हो । बागमती प्रदेशमा पहिलो चरण ६३ हजार खोप लगाइने छ । प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा २ हजार २ सय ८९ जनालाइ खोप लगाइने बागमती प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक रमेश अधिकारिले बताए । मकवानपुरमा खोपको लागि एक खोप केन्द्र निर्धारण गरिएको उनको भनाइ छ ।

पहिलो चरणमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक र चालक, एम्बुलेन्स तथा शव बाहनका चालक र सहचालक, प्रत्यक्ष उपचार सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, स्वयं सेवक, शव व्यवस्थापनमा खटिएकाहरू, स्वास्थ्य स्वयंसेवक, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकलाई खोप दिइने तयारी भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक अधिकारीले जानकारी दिए ।