यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

राक्सिराङमा डाँकाले लुट्यो नगद र गरगहना


राक्सिराङ गाउँपालिका–१ स्थित घलेगाउँस्थित स्थानीय भीमबहादुर घलेको घरबाट बुधबार राति नगद र गरगहना लुटपाट भएको छ । मध्यरात करिब ५ जनाको समूहमा आएका लुटेराहरुले बन्दुक देखाएर मार्ने धम्की दिँदै नगद एक लाख २५ हजार र उनकी पत्नीको तिलहरी लुटेको हो । भीमबहादुर र उनका बुबा सुरवीरले भूकम्पका कारण क्षति भएको घरको पुनर्निर्माणको लागि दुईदिनअघि मात्रै रकम लिएर घरमा राखेका थिए ।

Advertisement
बाबुछोराले गरी एक लाख रुपैयाँ बुझेको रकम एकैठाउँमा राखेका थिए भने घरमा भएको थप २५ हजार गरी लुटेराले एक लाख २५ हजार लुटेको वडा नम्बर १ का अध्यक्ष कान्छाराम रुम्बाले जानकारी दिए ।चोरी भएलगतै घलेले आफूलाई सम्पर्क गरेको र आफूले इलाका प्रहरी कार्यालय मनहरीलाई मौखिक जानकारी गराएको रुम्बाले बताए । राक्सिराङ अवैध लागूऔषध उत्पादन हुने ठाउँ हो । राक्सिराङमा पटकरपटक प्रहरी र गाँजा तस्करीबीच दोहोरो फायरिङ समेत हुने गरेको छ । इकान्तिपुरबाट साभार गरिएको।