2025-12-07 9:53 am

जापानिज इन्सेफ्लाइटिसबाट ३ जनाकाे मुत्यु

मकवानपुर । चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको ज्यान गएको छ ।

जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये ३ जनाको ज्यान गएको हो ।

भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad