काठमाडौं – भोलि (असोज १ गते)बाटै लामो दुरीमा सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी र मजदुरहरु सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार भएको छलफलमा यातायात व्यवसायीले सरकारको स्पष्ट स्वास्थ्य मापदण्ड र त्यसको कार्यविधि आए भोलिबाटै सेवामा जाने बताएका हुन् ।

भोलीबाट लामो, मध्यम र छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा गर्न यातायात मजदुर र यात्रुले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्ड सार्वजनिक गरिएको छ । 

कार्यदलद्धारा जारी विज्ञप्तिमा यात्रुलाई यात्रा सुरु गर्नुअघि स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र यात्रुले यात्राभर अनिवार्य मास्क लगाउनुपर्ने उल्लेख छ। यसैगरी चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारीलगायत यातायात मजदुरले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजरलगायत स्वास्थ्य सुरक्षाका उपकरण अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ।