मकवानपुरमा बेकरीको मूल्यबृद्धि गर्ने भएको छ । मंगलबर हेटौंडामा भएको बेकरी उद्योगीहरुको भेलाले मृल्यु बृद्धी गर्ने निर्णय गरेको हो । बेकरीको हरेक आइटममा प्रति प्याकेट ५ देखि १० रुपैँयासम्म मूल्यबृद्धि हुने मकवानपुर बेकरी उद्योग संघका सचिव राजेन्द्र सापकोटाले बताए । कच्चा पदार्थमा मूल्यबृद्धि भएपछि आफुहरुले वाध्य भएर मूल्यबृद्धि गर्नुपरेको उनको भनाई छ ।

पुस पहिलो साताबाट अब ठुलो पाउरोटी प्रति प्याकेट ६० रुपैँया, मिडियम ४० रुपैँया, सानो २५ रुपैँया मूल्य निर्धारण गरिएको छ । पपलाई प्रति प्याकेट ६० रुपैँया, बिस्कुट प्रति प्याकेट ६० रुपैँया, क्रिमरोल ९४ पिस० ६० रुपैँया, बन पाउरोटी ९६ पिस० ६० रुपैँया, दुनोट ९६ पिस० ६० रुपैँया तोकिएको संघले जनाएको छ । मकवानपुरमा करिब २ दर्जन साना ठुला गरि बेकरी उद्योग रहेको संघको भनाई रहेको छ ।