यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाजिरी जवाफ प्रतियोगितामा जनता मा.वि. सुकौरा प्रथम


शहिद क. रुद्र पाख्रीन स्मृति पार्क मकवानपुरगढी ४ को आयोजनामा भएको मकवानपुरगढी गाउँपालिका स्तरीय माध्यामिक विद्यालयको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यामिक विद्यालय सुकौरा प्रथम भएको छ । प्रतियोगितामा गाउँपालिकाभरका ८ वटा माध्यामिक विद्यायलयको सहभागिता रहेको थियो । प्रतियोगितामा चण्डिका माध्यामिक विद्यालय द्धितिय र भानु माध्यामिक विद्यालय तृतिय भएको छ । विजयी विद्यालयका विद्यार्थीले क्रमशः प्रथम द्धितिय र तृतियले पाँच हजार, चार हजार र तिन हजार नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

Advertisement

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमख अतिथ्यता तथा स्मृति पार्क व्यवस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिन ९नेपाली०को सभाध्यक्षतामा भएको थियो । पौष २८ गते तत्कालिन शाही सेनाले हत्या गरेका शहिद क।रुद्र पाख्रीनको १८ औं स्मृति दिवसको अवसरमा उनको सम्झनामा हाजिरी जवाफ कार्यक्रम गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, शहिद पाख्रीनकी धर्मपत्नी राममाया पाख्रीन, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
