काठमाडौं–  मोडलिङ र अभिनय क्षेत्रमा भविष्य खोजिरेहका युवा जमात ठुलो छ।  कतिपयले यो क्षेत्रलाई नबुझेर अघि बढ्दा दुख पाउने सम्भावाना धेरै हुन्छ।  भर्खरै मात्र कलाकारिता क्षेत्रको एउटा तितो यथार्थलाई समेटर तयार पारिएको म्युजिक भिडियो ‘पन्छी’ सार्वजनिक भएको छ।

यस गीतमा गायक केतन क्षेत्रीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतमा शब्द अमेरिकाको ओहायो निवासी गीतकार रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ। भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।  मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो।  भिडियो ‘नेपाली मेलोडिज’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू