Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

ज्याकलिनले योग गरेको भिडियो सोसल मिडियामा भाइरल

Company Register

एजेन्सी । कोरोना भाइरसको बढ्दो प्रभावका कारण दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश जारी भएको छ । जिम बन्द गर्ने आदेशले सर्वसाधारण मात्र होइन बलिउड सेलिब्रेटीमा पनि दुविधा देखिएको छ ।

Advertisement

यो अवस्थामा नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुका लागि अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरेकी छन् । जसबाट सर्वसाधारणले योगको टिप्स पाउन सक्दछन् ।

https://www.instagram.com/p/B9yCWRhn13d/?utm_source=ig_web_copy_link

भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको छ । योग गर्दा ज्याकलिनले पिंक कलरको शर्ट ड्रेस लगाएकी छन् । जसमा उनी निकै बोल्ड देखिन्छिन् ।

https://www.instagram.com/p/B9yDbJQnmVO/?utm_source=ig_web_copy_link

भिडियोका साथ ज्याकलिनले क्याप्सनमा लेखेकी छन्, ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’ ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

https://www.instagram.com/p/B96LVAdngIJ/?utm_source=ig_web_copy_link
अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...