Comments Add Comment

कोरोनाको भ्रामक पोस्ट हेर्नेलाई अब फेसबुकको अलर्ट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कोरोनाभाइरसको  भ्रामक समाचार पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको छ । कम्पनीले गलत सूचना रोक्न पछिल्लो कदमको रुपमा बिहीबार यस्तो घोषणा गरेको हो । 

फेसबुकमा कोरोनाभाइरसका झुटा सामग्रीहरु लाइक, कमेन्ट तथा शेयर गर्ने प्रयोगकर्ताहरुको न्युज फिडमा अब वार्निङ म्यासेज पप अप हुनेछ ।

यस्ता म्यासेज खोलेर हेरेपछि प्रयोगकर्ता फेसबुकबाट सोझै विश्व स्वास्थ्य संगठनको वेबपेजमा पुग्छन् । जहाँ कोरोनाभाइरस सम्बन्धी भ्रामक तथा गलत जानकारीहरु हटाइएको हुन्छ ।

फेसबुकको भ्रामक समाचार समस्याबारे भ्वाइस नामको समूहले अभियान चलाएपछि फेबसुकले यस्तो घोषणा गरेको हो । उक्त समूहले १०४ वटा कोरोना सम्बन्धी फेसबुक पोस्ट तथा भिडियोहरुमाथि अनुसन्धान गरेको थियो । जसमा सबै भ्रामक थिए । 

भ्वाइसले ती कन्टेन्टहरु १७ लाखपटक शेयर तथा ११ करोड ७० लाख पटक हेरिएको पाइएको उल्लेख गरेको थियो । यस्ता भ्रामक सामग्री विरुद्ध चेतावनी जारी गर्न फेसबुले २२ दिन लगाउने गरेको उक्त ग्रुपले खुलासा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर