Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुबिसुले ल्यायो ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ अफर

Company Register

काठमाडौं – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ नामक नयाँ योजना ल्याएको हो ।  याे याेजनामा सुबिसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो ।

Advertisement

यो योजना २० एमबीपीएसभन्दा माथिको इन्टरनेट प्याकेजमा लागू हुने कम्पनीले जनाएको छ ।कम्पनीले शिखर इन्स्युरेन्ससँग सहकार्यमा स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको हो ।

ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म सहयोग पुर्‍याउने विश्वासका साथ कम्पनीले यो अफर अघि बढाएको हो । कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि रहनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...