Comments Add Comment

टेलिकमबाट आजदेखी जिरो ब्यालेन्समा पनि फोन र डेटा चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले लकडाउनको समयमा निःशूल्क सेवा दिने भएको छ ।

झण्डै २ लाख भन्दा बढी सिम सिम कार्ड प्रयोगकर्ताले (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न यो सेवा निःशुल्क लिन सक्ने छन् ।

ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरिएको हो । यो सुविधा सोमबार राती १२ बजेबाट लागु हुनेछ ।

यस निशूल्क प्याकेज अन्तर्गत टेलिकमलको नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस कल र १०० एमबी डेटा प्राप्त हुनेछ ।

आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी दिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

उक्त एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिनेछ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

Techpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर