बर्षाको चलचित्र ‘ए साथी सुन’ को छायाँकन हेटौडाबाट सुरु

अनलाइन पत्र संवाददाता२०७७ चैत्र ०३ No Comments

 

हेटौंडा – भिनेत्री बर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘ए साथी सुन’ को छायाँकन सुरु भएको छ । मंगलबार हेटौडाबाट फिल्मको छायाँकन सुरु भएको हो ।

अभिनेत्री बर्षाले क्ल्याप बोकेको एक तस्बिर सामापजक सञ्जालमा सार्वजनिक गर्दै चलचित्रको छायाँकन सुरु भएको जानइएको छ । बिना कार्कीको निर्माण रहने चलचित्रमा बर्षाको अलवा नव अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

सस्पेन्स थ्रिल श्रीआइभिएन प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र प्रेमकथा र समसामयिक विषयमा निर्माण हुन लागेको हो । मदनकृष्ण महर्जनको छायाँकन र ईश्वर घिमिरे प्रोडक्सन रहेको चलचित्रको निर्देशक भने रामराधव आचार्य हुन् ।

Ad
Ad