मकवानपुरको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी स्थानिय तह अन्तराष्ट्रिय सहिद स्मृती गोल्डकपमा आज मंगलबार भएको खेलमा अफ्रिकन क्लव आरस विजयी भएको छ । बागमती युवा क्लव सर्लाहीलाई २–१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन क्लव आरस विजय भएको हो । खेलको पहिलो हाफमा बागमती युव क्लवले अग्रता गरेपनि दोस्रो हाफमा अफ्रिकन क्लव आरसले २ गोल गर्दै खेल आफ्नो पक्षमा बनाएको थियो । बागमती युवा क्लवका स्टेफेन समिरले खेलको पहिलो हाफमा १ गोल गरेका थिए । दोस्रो हाफमा अफ्रिकन क्लव आरसका जर्सी नम्बर १३ का खेलाडी बास्सेक र जर्सी नम्बर ७ का खेलाडी लुइसले सम्मान १÷१ गोल गरेका थिए ।

No description available.

 

जितसंगै अफ्रिकन क्लव आरस सेमिफाइनलमा प्रवेश गरेका छन् । खेलको म्यान अफ दि म्याच अफ्रिकन क्लवका जर्सी नम्बर १० का खेलाडी मउसा घोषित भए । भोलि बुधबार आयोजक रिगल हेटौंडा मकवानपुर–११ र मच्छिन्द्र युवा क्लव काठमाण्डौं बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।