स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको बार्सिलोनाले हुएस्कालार्य ४–१ ले पराजित गरेर पुनः दोस्रो स्थानमा गएको हो । बार्सिलोनाका लागि मेस्सीले १३ र ९० औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै एन्टोनी ग्रिजम्यानले ३५ औँ तथा मिन्गुएजाले ५३ औँ मिनेटमा गोल गरे । हुएस्काका लागि पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा मिरले एक गोल फर्काएका हुन् ।

मेस्सीले बार्सिलोनाबाट ७६७ औँ खेलमा सहभागिता जनाएका छन् । योसँगै उनले बार्सिलोनाबाट सर्बाधिक खेलमा सहभागिता जनाउने जाभीको कीर्तिमानमा बराबरी गरे । जितपछि दोस्रो स्थानमा फर्किएको बार्सिलोनाको २७ खेलबाट ५९ अंक भएको छ । ५७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको ६३ अंक छ ।