
हेटौंडामा पुस ७ गतेदेखि सञ्चालित ४ नंबर वडा कप फुटबल प्रतियोगिताको उपाधि विरेन्द्र टोल विकास संस्थाले जितेको छ । वुधबार भएको फाइनल खेलमा एफसी कर्रा ‘ए’लाई टाईब्रेकरमा हराउँदै विरेन्द्र टोल विकास संस्थाले वडा कपको उपाधि जितेको हो । प्रतियोगिताका विजेता र उपविजेतालाई शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमश नगद २५ हजार रुपैयाँ र १५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा खेलकूद विकास परिषद, प्रदेश नं ३ का सदस्य सचिव सूर्य भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देल, वडा नं ७ का अध्यक्ष राजन थापा खेलकुद विकास परिषद प्रदेश ३ का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामा, हेटौंडा–४ का जनप्रतिनिधिहरू राजेन्द्र वास्ताकोटी, जेन श्रेष्ठ, अर्पणा देवकोटा, सन्तु गुरूङ रसाँईली , कुस्ती महासंघका केन्द्रीय सदस्य तथा मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरका प्रमुख सल्लाहकार सानु लामा, भुवनेश्वर विकास समितिका अध्यक्ष गणेश कठायत, विधार्थी नेता संतोष पौडेल, नवोदय शिशु सदनका प्रिन्सिपल दिपेश जोशी ,बक्सिङ संघ मकवानपुरका अध्यक्ष लाला पौडेल, वरिष्ठ तेक्वान्दो प्रशिक्षक माधव कोईराला लगायतको उपस्थिति रहेको थियो ।







