Coronavirus COVID-19

शिक्षक संगठन मकवनपुरमा निरन्तर ४१ औं दिन

[Ads]

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको शिक्षक प्रशिक्षणको ४१ औं सत्र आज सम्पन्न भएको छ । जिल्ला समितिको १ महिने प्रशिक्षणपछि संगठन जिल्ला महिला विभागको आयोजनामा १ हप्ते शिक्षक प्रशिक्षणको छैठौं दिन लकडाउनमा सकरात्मक जीवनशैली विषयक प्रशिक्षण सम्पन्न भएको हो ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उप महासचिवकमला तुलाधरको प्रमूख आतिथ्यताल तथा संगठन राष्ट्रिय समिति कोषाध्यक्ष बिष्णु भण्डारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रम लाइ योगगुरु ललितशंकर योगीले सहजीकरण गर्नुभएको हो । योगीले लकडाउनले मानिसको शारीरिक पक्षसंग मात्रै सरोकार नराखी मानसिक पक्षसंग पनि सराेकार राख्ने भएको हुँदा ब्यक्तिमा आध्यात्मिक चेत बढाउनुपर्ने बताउनुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

मकवानपुर जिल्ला उपाध्यक्ष एवम् महिला बिभाग प्रमुख लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रम लाइ संगठन जिल्ला सहसचिव प्रतिमा गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रममा संगठन राष्ट्रिय समिति सदस्य सदस्य पद्मा पौडेलको, राष्ट्रीय परिषद् सदस्य रमेश लामिछाने, जिल्ला समिति अध्यक्ष श्रीराम दाहाल, सल्लाहकार लक्ष्मी चौलागाइ, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सहकोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष,शिवप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पोखरेल ,थाहानगर अध्यक्ष रमेशमान डङ्गोल धादिङ सदस्य सरस्वती पाण्डे, लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम अन्तर्गत जेष्ठ ११ गतेदेखि जिल्ला महिला बिभाग ले प्रशिक्षण कार्यक्रम आयोजना गरिरहेकोमा भोलि जेष्ठ १६ गते पद्मकन्या क्मपसकी प्राध्यापक एवम् साहित्यकार प्रभा भट्टराइले विद्यालय शिक्षामा काब्य शिक्षण विषयक प्रशिक्षण हुने संगठन जिल्ला उपाध्यक्ष लक्ष्मी गजुरेलले बताउनुभएको हो ।

सम्बन्धित शीर्षक

Leave A Reply

Your email address will not be published.