
हेटौँडामा आगामी ५ गतेदेखि मिस तामाङ मकवानपुर २०७६ को पहिलो संस्करण सुरु हुने भएको छ । आजबाट सुरु हुने भनिए पनि तयारी नपुगेको भन्दै आयोजकले पर्सि ५ गतेबाट प्रतियोगिता सुरु गर्ने मंगलबार हेटौँँडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
लुक्स फेसन होम इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजना तथा माया घलानको संयोजकत्वमा मिस तामाङ मकवानपुर २०७६ मा सहभागि प्रतियोगिहरुलाई ५ गतेबाट विभिन्न विषयमा तालिम प्रदान गरिने जनाईएको छ । तामाङको बाहुल्यता भएको जिल्लामा तामाङ छोरीहरुको प्रतिभा तथा क्षमतालाई उजागार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संयोजक घलानले बताउनु भयो ।
प्रतियोगिताको अवधिमा सहभागिहरुलाई तामाङ संस्कार, संस्कृतिको बारेमा जानकारी गराउने र बुझ्न सक्षम बनाउने उहाँले दावी गर्नुभएको छ । आगामी मंसिर २८ गते हुने प्रतियोगिताको विजेताले ४० हजार, फस्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले स्वत काठमण्डौँमा हुने मिस तामाङमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




